• १९ असोज २०८३, सोमबार
  • १०ः३९ राती

हैटीमा अपहरणमा परेका तीन जना धर्म प्रचारक मुक्त

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार ०९:५६

२२ मंसिर २०७८ ,पोर्ट औ प्रिन्सः हैटीमा अपहरण परेका तीन जना क्रिष्चियन धर्म प्रचारक मुक्त भएका छन्। क्रिष्चियन धर्म प्रचार गर्दै हिँडेका उत्तर अमेरिकी नागरिकहरु हैटीमा अपहरणमा परेको झन्डै तीन महिनापछि मुक्त भएका हुन्।

National Life

गत अक्टोबरमा धर्म प्रचार गर्दै हिँडेका १ क्यानडेली र अन्य १६ उत्तर अमेरिकी नागरिकहरु हैटीमा बन्धकमा परेका थिए। हैटीको राजधानी पोर्टऔ प्रिन्सको उत्तरी क्षेत्रमा पर्ने एक अनाथाश्रमबाट फर्किँदै गरेको अवस्थामा उनीहरुलाई हैटीको खतरनाक अपराधिक समूहले अपहरण गरी बन्धक बनाएर राखेको थियो।


बन्धकमा परेकामध्ये दुई जनालाई सो समूहले नोभेम्बरमा छुटाएको थियो। बाँकी १२ जना अझै बन्धकमा रहेको चर्च समूहले अन्तर्राष्ट्रिय मिडियासँग बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया