• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

कोभिडले बढायो मलेरियाबाट मृत्यु हुनेको संख्या

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार १०:०४

मंसिर २२,२०७८ जेनेभाः कोरोना भाइरस महामारीले मलेरियाबाट मृत्यु हुनेको संख्या बढेको छ। अघिल्ला वर्षहरुको तुलनामा सन् २०२० यता मलेरियाबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो।

National Life

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार सन् २०२० मा विश्व कोरोना महामारी सुरु भएयता विश्वभर मलेरियाबाट मर्नेहरुको संख्या ६ लाख २७ हजार नाघेको छ। मलेरियाबाट मृत्यु हुनेमा अधिकांश बालबालिका र अफ्रिकाका गरिब मुलुकहरुका मानिस रहेको डब्ल्युएचओले जनाएको छ।


डब्ल्युएचओका अनुसार सन् २०१९ मा मलेरियाबाट मृत्यु हुनेहरुको संख्या ५ लाख ५८ हजार थियो। विश्वमा कोरोना महामारी फैलिएपछि सो संख्या दुई तिहाइले बढेको छ। सन् २०१९ सम्मको तुलनामा अफ्रिकामा मात्र मलेरियाबाट मृत्यु हुनेको संख्या १२ प्रतिशतले बढेको बताइएको छ। डब्ल्युएचओले मलेरियाका कारण मृत्यु भएकाहरुको सो तथ्यांकलाई पछिल्लो समयको खराब तथ्यांक बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया