• २० असोज २०८३, मंगलबार
  • १०ः०३ राती

कांग्रेसको १४औं महाधिवेशनका लागी भब्य तयारी

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार ०६:५६

मंसिर २२, २०७८, काठमाडौँ : आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ ।

National Life

पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार कार्यको प्रारम्भ गरे । महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने कांग्रेसले जनाएको छ ।


कांग्रेसका काठमाडौंका सचिव गोविन्द पुडासैनीका अनुसार करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मञ्च बनाइनेछ । ‘जहाँ तीन स्टेप हुन्छन् । मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमा मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि एमालेले दसौं महाधिवेशनको उद्घाटनका लागि ५० लाख रुपैयाँको लागतमा नारायणी नदी किनारमा भव्य मञ्च बनाएको थियो ।

प्रतिकृया