फाहोसँगै फालिएको ८ तोला सुन र १७ हजार नगद सम्बन्धित धनीलाई फिर्ता
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार ०४:२४
२० मंसिर २०७८, काठमाडौं : हेटौँडामा फाहोसँगै फालिएको ८ तोला सुन र नगद रु १७ हजार फेला पारी प्रहरीले सम्बन्धित धनिलाई बुझाएको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.०५ बस्ने सरस्वती कार्की (३९) ले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालय हेटौंडामा मौखिक जानकारी दिएपश्चात प्रहरीले गहना र पैसा खोज गरी कार्कीलाई बुझाएको हो ।
मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.०५ बस्ने सरस्वती कार्की (३९) ले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालय हेटौंडामा मौखिक जानकारी दिएपश्चात प्रहरीले गहना र पैसा खोज गरी कार्कीलाई बुझाएको हो ।
कार्कीले मंसिर ११ गते घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी भनि उक्त गहना र नगद रातो कपडाको झोलामा बेरी डस्टबिनमा राखेकी र फोहोर फाल्दा सँगै फालिएको जिल्ला प्रहरी कार्यालयले जनााएको छ । फोहोरसँगै फालिएको त्यस झोलामा छड्के तिलहरी, बाला ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान सुन, एटियम कार्ड र नगद रु १७ हजार रहेको प्रहरीले जानाकारी दिएको छ ।

मंसिर १२ गते बिहान हेटौडा उ.म.नपा. को फोहोर संकलन गर्ने समयमा फोहोर सँगै सो सुन र पैसा थियो । वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोज गरी हराएको सुन, एटियम कार्ड र नगद फेला पारी जिल्ला परुहरी कार्यालयमा ल्याएका थिए । यसपछि कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग ज्युबाट सम्बन्धित धनिलाई बुझाइएको हो ।








प्रतिकृया