• १७ असोज २०८३, शनिबार
  • १०ः२३ बिहान

साउथ मुभि नेपाल आयो भने चपली हाइट ३ नचल्ने

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०८:१७

२० मंसिर , २०७८, काठमाण्डौ : आउँदो पुष २ गतेबाट फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउँदैछ । नाम चलेका कलाकारहरुको अभिनय र हिट फिल्मको सिक्वेल भएकाले फिल्मले हलसम्म दर्शक तान्ने अपेक्षा धेरैको छ । तर, यो फिल्म रिलिज हुने मितिमै साउथ फिल्म ‘पुष्पा’ र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ पनि प्रदर्शन हुँदैछ । जसले गर्दा ‘चपली हाइट ३’ लाई बक्सअफिसमा गाह्रो पर्न सक्ने कतिपयको विश्लेषण छ।

National Life

फिल्मका निर्माता अर्जुन कुमारले साउथ फिल्मको हिन्दी डब नेपाल ल्याएर नेपाली फिल्मलाई तर्साउन खोजेको भन्दै मिडिया र सामाजिक सञ्जालमार्फत् आक्रोश पोखिरहेका छन् । उनले साउथ फिल्मको हिन्दी डब ल्याउनु नेपाली फिल्मप्रति गद्दारी रहेको समेत बताएका छन् । यसबीच, उनले ‘पुष्पा’ को हिन्दी डब नेपाल आए ‘चपली हाइट ३’ हलमा रिलिज नगर्ने घोषणा गरेका छन् ।


उनले ‘पुष्पा’ देखि आफू डराएको स्वीकार गरे । अर्जुन अगाडि भन्छन्, ‘म अल्लू अर्जुन, सलमान खान, शाहरुख खान, अक्षय कुमारको फिल्मसँग भिड्न नसक्ने बताएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया