• १९ असोज २०८३, सोमबार
  • ८ः५३ राती

आठ घण्टा ढिला गरी बागमती कांग्रेसको साँझदेखि मतदान

प्रकाशित मिति

२०७८ मंसिर १८ गते, शनिबार ०६:१७

मंसिर १८, २०७८ हेटौंडा: हेटौंडामा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया ८ घण्टा ढिला गरी शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेदेखि मात्र शुरु भएको हो ।

National Life

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको बुझिएको छ । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकाले पनि मतदान शुरु हुन अबेर भएको हो ।


आफ्नो नाम छुटेपछि उम्मेदवारहरुले निर्वाचन समितिमाथि प्रश्न उठाएका थिए । बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । कांग्रेस ण्ण्प्रदेश सभापतिका उम्मेदवार र्इन्द्र बानियाँले मतदान गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले मकवानपुर जिल्लाको बुथबाट मतदान गरेका हुन् । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौंका ३ वटा र अन्य जिल्लाको ६ वटा छ ।

प्रतिकृया