• १८ असोज २०८३, आइतबार
  • १ः२१ दिउँसो

काँग्रेसमा को–कति बलियो ?

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०७:३८

१७ मंसिर, २०७८, काठमाडौं : एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्।

National Life

६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।


पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल ९देउवा र इतरसमूह० बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय जिल्लामा देउवा र सिटौला पक्ष मिलेर पौडेल समूहसँग प्रतिस्पर्धा गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

देउवा पक्षले ३२ वटा जिल्लामा सभापति जितेको छ भने देउवा र इतर पक्षले २७ जिल्लामा नेतृत्व लिएको छ। दुई जिल्लाका सभापतिमा सिटौला पक्षले जित निकालेको छ। महाधिवेशन प्रतिनिधिमा पनि देउवा र इतर पक्षबीच कडा प्रतिस्पर्धा भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया