• १८ असोज २०८३, आइतबार
  • १२ः११ दिउँसो

कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएको पुष्टि

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०७:५१

१७ मंसिर, २०७८, काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।

National Life

मन्त्रालयका अनुसार भारतमा पहिलोपटक ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना भाइरसको यो नयाँ भेरियन्ट फेला परेको हो । मन्त्रालयका अनुसार अरू शहरमा पनि ओमिक्रोनको परीक्षण शुरू गरिएको छ । यसअघि बिहीवारै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।


बुधवारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ । कोभिड पुष्टि नहुने यात्रुले ७ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ.

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा उच्च सतर्कता
कोरोनाभाइरसको यो नयाँ भेरियन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोना भाइरसको जीन सिक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको सरकारी दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सिक्वन्सिङ गरिनेछ । दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको कोरोना भाइरसको उक्त भेरियन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया