गोला प्रथाको पहिलो दिन : सर्वोच्चमा सुनुवाइ प्रभावित
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०१:२३
१५ मंसिर २०७८, काठमाडौं : गोला प्रथाबाट पेशी तोकेको पहिलो दिननै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै आज प्रधानन्यायाधीश को हो भन्ने प्रश्न उठाएका छन् । उनीहरुले यो विषय निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न उचित नहुने बताएपछि सुनुवाइ प्रभावित भएको हो ।
संविधानको धारा १२९ को ९६० मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वष्रिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ । तर स्रोतका अनुसार प्रधानन्यायाधीश जबरा आफू कोरोना संक्रमण भई अस्पतालमा उपचाररत रहेको विषयमा सर्वोच्च अदालतमा आधिकारिक जानकारी गराएका छैनन् ।
न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशको अन्योलताको विषयमा प्रश्न उठाएका थिए ।








प्रतिकृया