• २१ असोज २०८३, बुधबार
  • ५ः१२ बिहान

युवा नेता प्रकाश रसाइलीको काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०१:०८

१५ मंसिर २०७८, काठमाडौं : काँग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्‍नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

National Life

‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु,’ उनले भने, ‘त्यहीआधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसावले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ उनले आफू संस्थापन इत्तर समूहबाट उम्मेदवार रहेको समेत बताए ।


नेता रसाइलीले काँग्रेसमा सामान्य नागरिकका मुद्धा उठाउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया होस् । तिनाउ नदी किनारको सुकुम्बासी होस् वा रुपन्देहीका जमीनदार नै किन नहोऊन् । सबैको मतको अधिकार उतिनै हो । डेमोक्रेसीमा त्यो मतको कदर हुनुपर्छ,’ उनले भने, ‘त्यो मतको कदर कांग्रेसले गर्छ, तर अझै पनि ती सबै समुदायका मुद्धा काँग्रेसमा छलफल हुन सकेको छैन । त्यो समाजको पिँधमा रहेका समुदायको मुद्धा उठाउन मेरो उम्मेदवारी हो ।’


उनले काँग्रेसले सुकुम्बासी, भूमिहीन, दलित, गरिब, रिक्साचालक, खाडी मुलुकमा पुगेका सामान्य नागरिकहरू सबैको मुद्धालाई समान ढंगले उठाउनुपर्ने बताएका छन् ।


काँग्रेसका समानुपातिक सांसद स्नेहीले १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिएर पराजित भएका थिए । नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै काँग्रेस राजनीतिमा सक्रिय छन्। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भएका थिए ।

प्रतिकृया