• १९ असोज २०८३, सोमबार
  • ५ः४५ बेलुका

कांग्रेसको कञ्चनपुर सभापतिमा बोगटी निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०५:०६

१२ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको कञ्चनपुुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । बोगटीले ८०६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी बहादुर सिंह थापाले ७१५ मत ल्याएका छन् । सभापतिमा निर्वाचित बोगटी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक निकटका हुन् ।

National Life

उपसभापतिमा मीनबहादुर सिंह र हरिशचन्द्र राना विजयी भएका छन् । सचिवमा भीम भट्ट र हेमराज ओझा निर्वाचित भएका छन् ।


जिल्ला सभापतिमा नेता रमेश लेखक निकट उम्मेदवार विजयी भएपनि अन्य पदाधिकारीमा भने साउदको वर्चश्व रहेको कांग्रेसका एक नेताले बताए । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा रहेका नेताद्वय लेखक र साउदबीच कञ्चनपुरमा भने प्रतिस्पर्धा हुँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया