• १९ असोज २०८३, सोमबार
  • ३ः१२ दिउँसो

अफ्रिकाबाट आएका ६ सरकारी अधिकारी विमानस्थलबाट फरार, ओमिक्रोन फैलन सक्ने त्रास

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०४:३६

१२ मंसीर २०७८ काठमाडौं : नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी) को कार्यक्रम सकेर अफ्रिकाको तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारी विमानस्थलबाट फरार भएका छन् ।नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको कार्यक्रममा भाग लिन तान्जानिया पुगेका सहसचिवसहितका ६ सरकारी अधिकारीहरू विमानस्थलबाट पहुँच र प्रभाव देखाएर भागेका हुन् ।

National Life

‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेकाले उनीहरु संक्रमित भएको खण्डमा नयाँ भेरियन्ट नेपालमा पनि फैलने त्रास बढेको छ ।


दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा प्रतिबन्ध नै लगाएका छन् । यद्यपी नेपालमा भने जिम्मेवार सरकारी अधिकारीले विश्व स्वास्थ्य संगठनको पछिल्लो निर्देशनलाई ठाडो उलंघन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

होटल क्वारेन्टाइन बस्न नमानेर शक्तिको आडमा भाग्नेहरुमा टोलीको नेतृत्व गरेर गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मी, अर्का सहसचिव प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, लेखा उपसचिव, पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली रहेका छन् ।


टोलीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत उपसचिव यम तिवारीको सेटिङमाउनीहरु भागेको तथ्य खुलेको छ । सहसचिव रेग्मी भने आफूहरूको कोरोना टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर आएको बताए । होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर आएको उनको भनाइ छ ।


विमानस्थल अध्यागमन उच्च स्रोतका अनुसार दक्षिण अफ्रिकाबाट सरकारी अधिकारीको टोली बिहान ८ बजे नेपाल झरेका थिए । उनीहरु नेपाल झरेको सूचना पाएसँगै स्वास्थ्य मन्त्रालयले विमानस्थलमा उच्च सतर्कता अपनाएको थियो । तर उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयका ती कर्मचारी होटल क्वारेन्टाइन बस्नु पर्ने भएपछि भागेका छन् । यस विषयमा विमानस्थल हेल्थ डेक्सले कुनै जवाफ दिएको छैन ।


मुख्य सचिव शंकरदास बैरागीले उनीहरुलाई होटल क्वारेन्टाइन नराख्न दबाब दिएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीकाअनुसार पावर हुनेहरुले नै देशमा महामारी भित्राईरहेका छन् । उनीहरु बसेको एरियामा सचेत हुन अन्य नागरिकलाई स्वास्थ्यले अनुरोध गरेको छ ।

प्रतिकृया