• १९ असोज २०८३, सोमबार
  • १ः४९ दिउँसो

कांग्रेसको ललितपुर सभापतिमा श्रेष्ठ विजयी

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०४:२०

१२ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाएका छन् ।

National Life

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिकृया