• १९ असोज २०८३, सोमबार
  • १ः०२ दिउँसो

दश बजे बोलाइएको एमालेको बन्दसत्र अझै सुरु हुन सकेन

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०३:५१

१२ मंसिर २०७८, काठमाडौं: सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए ।

National Life

तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् ।


कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया