उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्णः प्रधानमन्त्री देउवा
प्रकाशित मिति
२०७८ मंसिर १२ गते, आईतवार ०१:४४
१२ मंसिर २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताएका छन् । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उनले सो कुरा भनेका हुन् ।
निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

यहि आउँदो पुष ४ गतेका दिन बसन्तुपुरमा भव्यकासाथ मनाउन गइरहेको ज्यापु दिवसमा सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरुमा निमन्त्रणा दिएका थिए ।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय शितलनिवास पुगेका थिए ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्याकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७÷५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो ।
यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक विदा दिंदै आइरहेको यःमरिपुन्हि-ज्यापुदिवसको पर्व विदा विगत दुईवर्षदेखि सम्बन्धि जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक विदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अुनरोध गरेका छन् ।








प्रतिकृया