• २० असोज २०८३, मंगलबार
  • ८ः३४ राती

मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०१:०५

१२ मंसिर २०७८, काठमाडौं : लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ ।

National Life

बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरीले जनाएको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो । दुर्व्यवहार गरेको सेवाग्राहीको नाम भने खुलेको छैन ।


सर्वोच्च अदालतमा उनका धेरै मुद्दा रहेको र लामो समयदेखि सुनुवाई रोकिएको भन्दै ती महिलाले नेपाल बार एशोसिएशनको कार्यालयमा गएर पीडा पोखेकी थिइन् । तर, प्रहरीले उनलाई गलहत्याएर हटाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया