• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

एमाले उपमहासचिवमा को कसको दावी

प्रकाशित मिति

२०७८ मंसिर ११ गते, शनिबार ०५:३३

१० मंसिर २०७८, काठमाडौं :  नेकपा एमालेले १०औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ । यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् ।

National Life

शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पुयाउने निर्णय गरेको थियो । यी तीन पदमा वर्तमान केन्द्रीय कमिटीका तीन वरिष्ठ सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले दावी गरेका छन् ।


नवौं महाधिवेशनमा सचिव पदमा पराजित भएका स्थायी कमिटी सदस्य विष्णु रिमालले पनि उपमहासचिव पदको आकांक्षा राखेका छन् ।यसअघि उपमहासचिव पदमा सचिव प्रदीप ज्ञवाली सर्वसम्मत जस्तै रहेकामा पद संख्या थप भएपछि अरु आकांक्षीहरु पनि थपिएका एमाले अध्यक्ष ओलीनिकट एक नेताले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

सचिव गोकर्ण विष्टले सचिवमा नै दोहोरिने चाहना राखेका थिए भने पृथ्वी सुब्बा गुरुङले महासचिवमा दावी गरेका थिए । स्थायी कमिटी सदस्य रिमालले पनि सचिव पदमा दावी गरेका थिए ।

प्रतिकृया