• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

चुरीफुरी ट्रेलर : विदेश जाँदा ठगिएका युवादेखि जग्गामा फसेकाहरुको कथा

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०५:३२

१० मंसिर २०७८, काठमाडौं : पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

National Life

चलचित्रमा नवकलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्तको साथमा रवीन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ ।


चलचित्रमा अभिषेक अष्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको भूमिकामा देखिएका छन् । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ । चलचित्रमा ऋषिको साथमा रीना ढकालको निर्माण छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो चलचित्रका सहनिर्माता छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चलचित्रमा कमेडीको माध्यमबाट गम्भीर विषय उठान गरिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

प्रतिकृया