• १९ असोज २०८३, सोमबार
  • ८ः२७ राती

एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन स्थगित

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार १०:२६

१० मंसिर २०७८, काठमाडौं : एमाले महाधिवेशनका कारण नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ ।

National Life

एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जनाए । अधिवेशनको अर्को मिति भने तय भइसकेको छैन ।


आजदेखि जिल्ला अधिवेशन सुरू गरेर शनिबार मतदान गर्ने कार्यतालिका बनाएकोमा चितवनमै आजदेखि एमालेले दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने भएपछि नेता/कार्यकर्ता आउन र बसोबास गर्न समस्या पर्ने भएको कारण देखाएर कांग्रेसले अधिवेशन पर सार्ने निर्णय गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला कार्यसमितिले निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको निर्वाचन अधिकृत पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् । उनले जिल्ला कार्यसमितिको राय केन्द्रीय निर्वाचन समितिलाई पठाइसकेको तर कुनै जवाफ नआएकाले तत्काल अधिवेशनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।


कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने कार्यतालिका थियो । शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने तयारी निर्वाचन समितिको थियो ।


एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

प्रतिकृया