• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

भूमि आयोगका अध्यक्ष निरौला महाधिवेशन प्रतिनिधिमा पराजित

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ११:५५

९ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङको क्षेत्र नम्बर ३ बाट महाविधेशन प्रतिनिधि लडेका निरौलाले पराजित भएका हुन् ।

National Life

उनले २०९ मत प्राप्त गरेका छन् । त्यसैगरी दुईजना प्रदेश सांसद पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङको क्षेत्र नम्बर क्षेत्र नं. ३ मै सांसद शेखरचन्द्र थापा पराजित भएका हुन् । त्यस्तै क्षेत्र नं.६ मा सांसद विन्दीया कार्की पनि पराजित भइन् ।


उनीहरू दुवै समानुपातिक सांसद हुन् । खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधिमा लडेका थापाले २१२ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा सवैभन्दा कम २५९ मत ल्याउने महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सोही क्षेत्रबाट महाविधेशन प्रतिनिधि लडेका प्रदेश सांसदद्वय सुयर्माराज राई र लोकप्रसाद संग्रौला भने निर्वाचित भएका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका संचालक सुनिल शर्मा पनि क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

प्रतिकृया