• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

कांग्रेस अधिवेशन: भक्तपुर क्षेत्र नं १ को सभापतिमा संस्थापन पक्षक खत्री विजयी

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०२:५५

८ मंसिर २०७८, काठमाडौं : भक्तपुर क्षेत्र नं १ को सभापतिमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री विजयी भएका छन् ।

National Life

खत्रीले २७१ मत प्राप्त गरेर भने उनका प्रतिष्पर्धी उद्धव खड्कालाई (११६ मत ) पछि पारेका हुन् ।


यस्तै क्षेत्रीय सचिवमा खत्री समूहकै समुद्र थापा र रविन कुमार केसी तथा सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यसमिति सदस्य आदीवासी जनजाती खुल्लामा बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा क बाट लक्ष्मी भक्त गोसाईं, निलकृष्ण साख र महिलामा कमलकेशरी चौगुठी विजयी भए । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।


महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पुर्वकेन्द्रीय सदस्य विनोद प्रकाश कायष्ठ पराजित भएका छन । महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिष्पर्धा गरेका कायष्ठले १६५ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भएका छन् ।

प्रतिकृया