• १९ असोज २०८३, सोमबार
  • १२ः५७ दिउँसो

सांसदहरूको अनुपस्थितिका कारण संसदीय सुनुवाइ स्थगित

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०२:३४

५ मंसिर २०७८, काठमाडौँ : भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ स्थगित भएको छ ।

National Life

संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज विहान ११ बजे बैठक बोलाएको थियो । तर सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो ।


बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको हो । बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको छ ।१५ सदस्यीय समितिमा चार जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकोमा ५ जनामात्रै उपस्थित भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेबाट सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित थिए । अन्य सदस्यहरु पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।


सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरु सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।

प्रतिकृया