• २० असोज २०८३, मंगलबार
  • १०ः५३ राती

कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार १०:३८

५ मंसिर २०७८, काठमाडौं : कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै चौँथो चरणमा आन्दोलनमा होमिएका उनीहरुले आज देशभर बहस पैरवी बन्द गर्ने भएका हुन्।

National Life

गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको नेपाल बार एशोसिएशनले न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई मुख्य शर्त बनाएको छ ।


बारको नेतृत्वमा सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै उसले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बारको आन्दोलनको कार्यक्रम

भोलि सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने । संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने ।


पर्सी मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने ।


बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने। बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने ।

प्रतिकृया