• २० असोज २०८३, मंगलबार
  • ८ः५५ राती

केपी ओलीलाई नमान्ने एमाले नै होइनन्, दयामाया गरेर नेतृत्वमा लैजान सकिन्नः विष्णु रिमाल

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०९:५४

४ मंसिर २०७८, काठमाडौं :  नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले पार्टीभित्र केपी ओली पक्ष र गैर केपी ओली पक्ष भन्ने नरहेको बताएका छन् । उनले केपी ओलीलाई नमान्ने एमाले नै नभएको जिकिर गरे । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “अहिले एमालेमा केपी ओली पक्ष मात्रै छ । जो केपी ओलीलाई मान्दैनन्, उनीहरु एमाले नै होइनन् । गैर केपी ओली पक्ष त एमालेबाट उछिट्टिसकेको छ ।”

National Life

नेता रिमालले एमालेमा माधव नेपाललाई छाडेका या पूर्वमाओवादी या रैथाने र आगन्तुक एमाले भन्ने स्थिति नरहेको दाबी गरे । उनले भने, हो, “हामीकहाँ विभिन्न विचारधाराबाट आएका साथीहरु हुनुहुन्छ । एमाले भनेको त्रिशूली र मर्स्याङ्दी मिसिएपछि नारायणी बनेजस्तै हो । एमाले अब रैथाने र आगन्तुक भनेर विभाजन गर्न चाहँदैन ।”


विगतमा माधव नेपाल समूहमा रहेका र पूर्व माओवादी नेताहरु एमालेमा सुरक्षित होलान् भन्ने पत्रकार धमलाको प्रश्नमा रिमालले थपे, “आम कार्यकर्ता त ढुक्क छन् भने नेताहरुले जिम्मेवारी किन नपाउने रु अब हिजोको कुरा गरेर हुँदैन । सबै नेता, कार्यकर्ता एमाले भइसक्नुभएको छ, केपी ओली पक्ष भइसक्नुभएको छ । को(को नेता कुन पदमा आउने भन्ने कुरा गौण हो । कतिपय नेताहरुले अध्यक्षलाई भेटिरहनुभएको छ । अब अध्यक्षले भनेर मात्र पनि भएन, चयन गर्ने त प्रतिनिधिले हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले साढे तीन वर्ष सरकारमा बसेर गरेका काम ठीक थियो कि थिएन भन्ने जनमत परीक्षण गर्न पनि अध्यक्षमा दोहोर्याउनुपरेको उनले स्पष्टीकरण दिए । उनले भने, “सकेसम्म सबै पदमा सर्वसम्मत गर्ने हो, अध्यक्षमा सर्वसम्मत हुने नै स्थिति छ । त्यसो हुन नसक्दा विद्युतीय मतदान हुन्छ ।”


विद्युतीय मतदान कत्तिको विश्वसनीय छ भन्ने अर्को प्रश्नमा रिमालले भने, “विज्ञानमा विश्वास नगरे केमा गर्ने रु हामीले त नवौं महाधिवेशनमै विद्युतीय मतदान गर्न खोजेका हौं । माधव नेपालले गर्न दिनुभएन । दुई हप्तासम्म भोट गनेर बस्नुपर्यो ।”


पदाधिकारीमा महिला आउने स्थिति छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “८ लाख ५५ हजार ३ सय सदस्यमध्ये २४ प्रतिशत महिला छन् । महाधिवेशनमा ३५, ३६ प्रतिशत महिला प्रतिनिधि छन् । संविधान र पार्टी विधानले गरेको व्यवस्था अनुसार हुन्छ । तर पदाधिकारीमा ।प्रतिस्पर्धा नै गर्नुपर्छ । आरक्षणमा आउनेले कसरी नेतृत्व गर्छ रु दयामाया गरेर नेतृत्वमा लैजाने कुरा हुँदैन ।”


दसौं राष्ट्रिय महाधिवेशन नेपालको कम्युनिस्ट आन्दोलन र एमालेको जीवनमा नयाँ पानीढलो बन्ने र मुलुकलाई कसरी अघि बढाउने भन्ने विषयमा धेरैलाई सन्देश दिने उनले विश्वास व्यक्त गरे ।


अमेरिकी सहायक विदेश मन्त्री डोनाल्डलुले एमाले अध्यक्ष ओलीलाई एमसीसी चाँडै पास गर्न दबाब नदिएको उनले दाबी गरे । उनले थपे, “सहायक विदेशमन्त्री एमसीसी पास गर्दा नेपाललाई फाइदा हुन्छ, चाहिँदैन भने प्रक्रिया पूरा गरेर फिर्ता गर्नुस् भन्नुभएको हो । कुनै दबाब दिनुभएको छैन ।”


एमसीसी अड्काउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको उनको आरोप छ । उनले भने, “दाहालको निर्देशनमा पहिलेका र अहिलेका सभामुखले एमसीसीलाई अघि बढाएनन् । सत्ता गठबन्धनसँग १६५ सिट छ भने पास गरे हुन्छ । एमालेसँग अहिलेसम्म यसबारे कसैले कुरा गरेको छैन ।”

प्रतिकृया