विज्ञापन मार्फत कलाकारहरु अपराधको बाटोमा (बिस्तृत हेर्नुहोस् भिडियोमा)
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार ०४:५३
३ मंसिर २०७८, काठमाडौं : मारुती, जगदम्बा र युनाइटेड सिमेन्टको विज्ञापन हेर्ने हो भने मुलुक नै यिनीहरुले बनाएका हुन् कि भन्ने भान हुन्छ । यिनीहरुको श्लोगान पनि त्यस्तै नै छ । तर, गत १ मंसिरमा नेपाल गुणस्तर तथा नापतौल विभागले यी तीनवटै सिमेन्टलाई गुणस्तरहीन भनेर घोषणा गरेको छ ।
यी तीन सिमेन्ट कम्पनीलाई सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गरिएको र सम्बन्धित उद्योग नै निरीक्षण गर्दा उल्लेखित सिमेन्ट नेपाल गुणस्तर बमोजिम नपाइएको विभागले जनाएको छ ।
यी तीन सिमेन्ट कम्पनी उदाहरण मात्र हुन् । हरेक बर्ष हाम्रा सेलिब्रेटीहरुको विज्ञापन गुणस्तरहीन वा नालायक घोषणा हुँदै आएका छन् । आफू ब्रान्डएम्बासडर भएर वा आफूले गुणगान गाएर आम मानिसलाई प्रयोग गर्न प्रेरित गरेको उत्पादन गुणस्तरहीन प्रमाणित भइसक्दा पनि हाम्रा सेलिब्रेटीहरु कानमा तेल हालेर बस्ने गरेका छन् । उनीहरु आफ्नो नैतिक दायित्व समेत संझदैनन् । र, त्यो संदेश फिर्ता गर्न अनुरोध गर्न सक्दैनन् । (बिस्तृत हेर्नुहोस् भिडियोमा)











प्रतिकृया