• २१ असोज २०८३, बुधबार
  • ४ः१३ बिहान

सबैभन्दा बढी आयकर तिर्दै नबिल बैंक छैटौँ पटक सम्मानित

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०५:४०

२ मंसिर, २०७८ काठमाडौँ : आर्थिक वर्ष २०७६र २०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी संस्थागत (कर्पोरेट) कर तिरेको नबिल बैंक सम्मानित भएको छ । कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।

National Life

बैंकले नेपाल सरकारलाई गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ कर तिरेको थियो । पछिल्लो १० वर्षमा बैंकहरूतर्फ उच्चकर भुक्तानीमा छैटौँ पटक पर्न सफल भएको हो । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको र यो परिमाण बैंकको कुलपूँजीको १।१६ गुणा भएको बैंकले जानकारी दिएको छ ।



सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया