• २० असोज २०८३, मंगलबार
  • ७ः३५ बेलुका

टिचिङ अस्पतालमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड,भने फाइजर खोप सुरक्षित छ, ढुक्क भएर लगाऔँ

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०५:२६

२ मंसिर, २०७८ काठमाडौँ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले कोभिड-१९ विरुद्धको फाइजर ढुक्कसँग लगाउन आग्रह गरेका छन्। त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको खोप केन्द्रको अवलोकन गर्दै मन्त्री लु ले फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरेका हुन्। कोभिडबाट बच्ने खोप नै प्रभावकारी विकल्प भएकाले सबैले खोप लगाउनुपर्ने उनले बताए। आफ्नो १६ वर्षीय छोरीले समेत फाइजर खोप लगाएको मन्त्री लु ले जानकारी दिए।

National Life

नेपालसँग आफुहरु सहकार्य र समन्वय गर्न सधै तयार रहेको मन्त्री लु ले बताए। कोभिड नियन्त्रणका लागि अमेरिकी सरकारबाट हुने सबै किसिमको सहयोग गर्न तयार भएको उनले बताए। कोभिड १९ महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीहरुले राम्रो काम गरेको भन्दै मन्त्री लु ले धन्यवाद समेत दिएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूहरु पनि अमेरिकी सरकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताएका छन्। सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनु नै आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए। आगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘फाइजर खोपको थप ६० लाख डोज ल्याउन सम्झौता भइसकेको छ। एक महिना भित्र यो खोपको पहिलो लट आउँछ। सबै नागरिकलाई सहज तरिकाले खोप उपलब्ध गराउने गरी काम गरिरहेका छौँ।’

प्रतिकृया