• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा.श्यामसुन्दर यादव,भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०५:१३

२ मंसिर, २०७८ काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा डा. श्यामसुन्दर यादव,डा. भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यादव,टिंकरी र लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए।

National Life

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा. संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा. गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।


मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन। १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।


१२औं तहका लागि यी २१ कर्मचारीले निवेदन दिएका थिए।
डा भिमसिंह टिंकरी
डा गुणराज लोहनी
डा तारानाथ पोखरेल
डा संगिता कौशल मिश्रा
डा कृष्ण प्रसाद पौडेल
डा वासुदेव जनार्दन प्रसाद उपाध्याय
डा विकास देवकोटा
डा संजय कुमार ठाकुर
डा श्याम सुन्दर यादव
डा दिप थापा मगर
डा श्रीकृष्ण श्रेष्ठ
डा सुधा देवकोटा
डा आमिर बाबू श्रेष्ठ
डा रघुनन्दन ब्याजु
डा टंक प्रसाद बाराकोटी
डा प्रभा चापागाईं कोइराला
गोमादेवी निरौला
डा शैली प्रधान
डा आरपी बिच्छा
डा सुदेश सुवेदी
सुनिलराज शर्मा

प्रतिकृया