• १९ असोज २०८३, सोमबार
  • ७ः३३ बेलुका

सुनको मूल्य ४०० ले बढ्यो

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार १२:०२

२६ कार्तिक, २०७८ काठमाडौँ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा १५ ले उकालो लागेर एक हजार २८५ रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिकृया