• २० असोज २०८३, मंगलबार
  • ३ः३२ राती

थप ५३३ जनामा संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०४:४२

२३ कार्तिक, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।

National Life

यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

प्रतिकृया