• १९ असोज २०८३, सोमबार
  • ५ः५२ बेलुका

प्राइम कमर्सियल बैंकद्वारा १६.६३ प्रतिशत लाभांश प्रस्ताव

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ११:३२

२३ कार्तिक, २०७८ काठमाडौँ : प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

National Life

नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७ र ७८ मा करिब ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको कुल चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

प्रतिकृया