• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

‘भारतमा विद्युत व्यापार शुरु भइसक्‍यो, अब बंगलादेशमा पनि बेच्छौं’ : मन्त्री भुसाल

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार १२:४७

२१ कार्तिक, २०७८ काठमाडौँ : उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् ।

National Life

उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।


‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरीद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ।’ मन्त्री भुसालले भने, ‘त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ, यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो हो। भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्‍याइने बताइन्। मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरे। उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताए ।


‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुन सक्छ, एलपी ग्याँस लगायतका उर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्याँस प्रयोग भएको छ।’ मन्त्री भुसालले भनिन्, ‘सरकारले चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो बनाउने कुरामा विद्युतको एउटा ठूलो खपत यातायातमा हुनेछ, उद्योगमा हुनेछ, कृषि र सिँचाइमा हुनेछ, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्याँस लगायतलाई बिस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ।’


मन्त्री भुसालले अब सवारी साधन खरीद गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।

प्रतिकृया