• २० असोज २०८३, मंगलबार
  • ११ः५५ राती

पूर्व राजा ज्ञानेन्द्रले लगाए भाइटीका

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०३:५६

२० कात्तिक, २०७८ काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् । शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र प्रसाद ग्रहण गरेका हुन् ।

National Life

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने चलन अनुरुप ज्ञानेन्द्र शोभाको घर पुगेर टीका लगाएका हुन् । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिने चलन छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया