चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सम्पन्न
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ११:४६
दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । निर्माण टिमले पूर्वको झापाबाट सुरु गरेको छायाँकन २९ दिनमा काठमाडौंमा सकेको हो । फिल्म ‘रातो टिका निधारमा’ अब पोष्ट प्रोडक्सनमा पुगेको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको यस फिल्मको छायाँकन फिल्मको शीर्ष गीतबाट सुरु गरिएको थियो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘अल्लारे’ मा समावेश भएको चर्चित गीत ‘रातो टीका निधारमा’लाई रि(एरेञ्ज गरिएर फिल्मको शीर्ष गीत बनाइएको छ ।
उक्त गीतलाई केही दिनमै युट्युब मार्फत सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले बताएको छ । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक अशोकका छोरा अंकित शर्मा मुख्य भूमिकामा रहेका छन् । किरण शर्मा र अंकितको दिदी कृति शर्माले निर्माण गर्ने यस फिल्मबाट अंकितले नेपाली सिने क्षेत्रमा डेब्यु गरेका छन् ।फिल्ममा साम्राज्ञी र अंकितसंगै नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहने भएको छ । मित्रदेव गुरुङले सम्पादन गरेको यस फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी रहने छ ।





प्रतिकृया