श्रीमान श्रीमती बन्दै विराज र निकिता
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ११:४३
एक्सन तथा लभ स्टोरी कथामा आधारित अभिनेता विराज भट्ट तथा पूर्व मिस नेपाल निकिता चाण्डकको मुख्य अभिनय रहेको फिल्म ‘साङ्लो’को छायांकन सेटबाट केही तस्बीरहरु सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तस्विरमा विराज र निकितालाई फरक अन्दाज र एक अर्काको श्रीमान श्रीमतीको रुपमा देखाइएको छ । एउटा तस्विरमा यी दुईलाई धान रोप्दै गरेको पनि देख्न सकिन्छ । केही दिन अगाडी डोटीमा एक आकर्षक मण्डप तयार गरेर विराज र निकिताको विवाहको दृश्य समेत खिचिएको थियो । फिल्ममा उनीहरु प्रेमी, प्रेमिका हुँदै श्रीमान्–श्रीमतिको भूमिका देखिने छन् ।

विराजले आफ्नो फिल्मी करियरमा पहिलो पटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । फिल्ममा विराज र निकितासँग प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लागयतको कलाकारहरुको अभिनय रहने छ । फिल्मको टिमलाई खान, बस्न र यातायात खर्चका लागि डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले १० लाख बजेट छुट्टयाएको बताइएको छ । फिल्ममा अध्यक्ष दुर्गादत्तले निकिताको पिताको भूमिका निर्वाह गरेका छन् ।





प्रतिकृया