देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ? उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
प्रकाशित मिति
२०७८ कार्तिक ८ गते, सोमबार ०८:३६
८ कार्तिक, २०७८ काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ । जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार राति पनि गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।








प्रतिकृया