• २१ असोज २०८३, बुधबार
  • ४ः४९ बिहान

लोकतान्त्रिक भन्ने काँग्रेसले नै महाधिवेशन गर्न सकेन : ओली

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १२:५४

६ कार्तिक, २०७८ काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले १४ औँ महाधिवेशन नगर्न असफल भएको बताएका छन् । शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक भन्ने पार्टी काँग्रेस अधिवेशन गर्न असफल भएको बताए ।

National Life

काँग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’


साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीको भनाइ छ । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया