• २० असोज २०८३, मंगलबार
  • ११ः३३ राती

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता (विवरण सहित)

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १०:५७

६ कार्तिक, २०७८ काठमाडौँ : कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।

National Life

प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना,जम्मा १११ जनाको मृत्यु भएको हो। यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।


साथै प्रदेश १ मा १८ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया