• २० असोज २०८३, मंगलबार
  • ८ः३२ राती

प्रधानमन्त्री देउवाको बेलायत भ्रमण, के-के छन् कार्यक्रम (तालिकासहित)

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १०:४०

६ कार्तिक, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जादैँछन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेका हुन् । नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

National Life

लण्डनस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही आगामी शुक्रवार (अक्टोबर २९ तारिख) साँझ लण्डन पुग्नेछन्। त्यहाँ पुगेको भोलिपल्ट देउवाले बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने दूतावासले जनाएको छ । प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ आएको छैन ।


भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले त्यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैर आवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री देउवा अर्को आइतबार ९कार्तिक १४० साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन कार्तिक १५(१६ ९नोभेम्वर १ र २० मा ग्लास्कोमा रहने छ ।


देउवाले समिटमा विश्वमा तीव्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली कार्तिक १७ ९३ नोभेम्बर० मा ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

प्रतिकृया