• २० असोज २०८३, मंगलबार
  • ८ः०४ राती

चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ विवादले असर गरेको होइनः शोभित

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार ०५:१०

५ कार्तिक, २०७८ काठमाडौँ : नेपाली चलचित्रको व्यापारका लागि दशैं पर्व विशेष मानिन्छ । दशैंमा रिलिज भएका चलचित्रले व्यापारिक रुपमा सुखद कमाई गरेको देखिन्छ । यो बर्षको दशैंमा पनि निर्देशक शोभित बस्नेतले चलचित्र ‘डाँडाको वर पीपल’ रिलिज गरे । तर, दर्शकले चलचित्रमा रुची देखाएनन् ।

National Life

चलचित्र रिलिज अगाडि शोभित र उनको टिमले ‘महानायक’ विवाद चर्काएको थियो । चलचित्रको व्यापारमा यही विवादले ठूलो असर गरेको तर्क समेत धेरैले गर्ने गरेका छन् । तर, निर्देशक बस्नेत भने यो कुरा स्विकार गर्दैनन् ।


उनी भन्छन्–‘यो कुरा गलत हो । यो समयमा जुनसुकै चलचित्र चलाएको भए पनि चल्दैनथ्यो । हामीले त पहिलेदेखि नै यो चलचित्र हलमा चल्दैन भनेर भनिराखेका नै थियौं । यो चलचित्र निर्माताले ओटीटी प्लेटफर्मका लागि बनाएका हुन् । हल खुलेकाले दर्शकलाई सकारात्मक सन्देश दिनका लागि रिलिज गरिएको हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

शोभितले अझै ९ महिना जुनसुकै चलचित्र चलाएपनि नचल्ने दाबी गरे । उनले भने–‘हलिउडको सर्वाधिक चर्चित चलचित्र चल्दा पनि दर्शक आएनन् । तिहारमा अक्षय कुमारको सुर्यवंशीले पनि अपेक्षित दर्शक पाउँदैन । करिब ९ महिना सबै चलचित्रको अपेक्षा सुखद हुँदैन ।’


शोभितले चलचित्र चल्दैन भन्ने थाहा पाएपनि आफ्नो हल संचालक र वितरकसँग राम्रो सम्बन्ध रहेकाले यो क्षेत्रको माहोल बनाउन आफूले चलचित्र रिलिज गरेको बताए । उनले भने–‘निर्माताले ओटीटी प्लेटफर्मबाट कमाउँछन् । हामीले दशैंमा चलचित्र रिलिज गर्छौ भन्दा हल खुलेको पनि थिएन ।’


शोभितले बुढासुब्बा ओर्जिनलकै लगानीमा तिहारसपछि नयाँ चलचित्रको छायांकन सुरु गर्ने बताए । यो चलचित्रमा पनि नायक सलोन बस्नेत र नायिका रुविना थापाको मुख्य भूमिका रहने उनको भनाई छ । यो चलचित्र भने पूर्ण रुपमा हल केन्द्रित हुने उनको भनाई छ ।

प्रतिकृया