• २० असोज २०८३, मंगलबार
  • ७ः४० बेलुका

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०४:४८

४ कार्तिक, २०७८ काठमाडौँ : साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछि बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेर २५५६.९५ को बिन्दुमा आइपुगेको हो ।

National Life

बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा आइपुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स २.४१ प्रतिशतले वृद्धि भएको थियो । आज कुल कारोबार रकममा पनि गिरावट छ ।


बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ जुन अघिल्लोदिनको तुलनामा ४ करोड २७ लाख रुपैयाँले कम हो । आज २१६ कम्पनीका ६१ लाख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ पटकसंख्यामा खरीद बिक्री भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आज दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमुह मध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य उपसमूह १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको बढ्यो । बाँकी एघार सूचकमध्ये ब्यापार, विकास र फाइनान्सको सूचक धेरै प्रतिशत घट्नेमा छन् ।


प्रतिकृया