• २१ असोज २०८३, बुधबार
  • १२ः०५ राती

स्वदेश फर्कदैँ राजदूत शेर्पा, भन्छिन् : पदमा नरहेपनि नेपालको हितमा लागिपर्ने छु

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०२:५१

४ कार्तिक, २०७८ काठमाडौँ : सरकारले फिर्ता बोलाएपछि राजदूतहरु धमाधम स्वदेश फर्कँदैछन् । नेपाल फर्कनुअघि उनीहरुले त्यहाँस्थित अधिकारीसँग भेटघाटलाई तीव्रता दिएका छन् भने कतिपय फर्किसकेका छन् ।

National Life

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि स्वदेश फर्किएकी छिन् । बिहीवार एक विज्ञप्ति जारी गर्दै उनले आफू राजदूत पदमा नरहेपनि भविष्यमा पनि नेपालको हितमा सक्रिय हुने बताएकी छिन् ।


आफ्नो दुईवर्षे कार्यकालमा नेपाल र स्पेनको द्धिपक्षीय सम्बन्धलाई बलियो भएको जनाउँदै उनले आफ्नो कार्यकाल सफल बनाउन योगदान दिने नेपाल र स्पेन सरकार, कूटनीतिज्ञहरु, एनआरएनए र कर्मचारीलाई धन्यवाद समेत दिएकी छिन् । स्पेनमा नेपाली प्रतिनिधिको हैसियतमा काम गर्न पाउँदा गर्व महसुस भएको समेत उनले जनाएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिड–१९ को दोस्रो लहर उत्कर्षमा पुगेको बेला दावाफुटीले अक्सिजन उपकरण, कन्सनट्रेटरसहितका स्वास्थ्य सामाग्री जुटाएकी थिइन् । उनकै पहलमा स्पेनले नेपाललाई महामारीविरुद्धको स्वास्थ्य सहायता प्रदान गरेको थियो ।

प्रतिकृया