• १ असोज २०८३, बिहीबार
  • १ः५४ दिउँसो

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुद्वारा निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति ?

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ११:०८

४ कार्तिक, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर संशोधन गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर प्रकाशित गरेका थिए। बैंकहरुको उक्त निर्णयले पुँजी बजारमा गम्भीर असर देखापरेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत परिवर्तन नहुने गरी संशोधन गर्न मंगलबार निर्देशन दिएको थियो।

National Life

बुधबार बैंकहरुले प्रकाशित गरेको नयाँ निक्षेप ब्याजदरअनुसार कुनै पनि वाणिज्य बैंकले निक्षेपका लागि दिने ब्याजदर ९.४१ प्रतिशतभन्दा बढी हुने छैन। नेपाल एसबीआई बैंकले अधिकतम ९.४१ प्रतिशत ब्याजदर तोकेको छ। सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौं, सिभिल बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माच्छापुच्छ्रे बैंक, नबिल बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले अधिकतम ९.३६ प्रतिशत ब्याजदर तोकेका छन्।


कृषि विकास बैंकले ८.८५, सिटिजन्स बैंक इन्टरनेसनलले ८.८, लक्ष्मी बैंकले ९.३५, नेपाल इन्भेस्टमेन्ट बैंकले ९.३५, प्रभु बैंकले ८.५७, राष्ट्रिय वाणिज्य बैंकले ८.३६ तथा सानिमा बैंक र सनराइज बैंकले ९.०६ प्रतिशत निक्षेप ब्याजदर तोकेका छन्। यी सबै ब्याजदर बैंकले दिने अधिकतम हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया