पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक
प्रकाशित मिति
२०७८ कार्तिक ४ गते, बिहीबार ११:०१
४ कार्तिक, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक कोटेश्वरस्थित पेरिसडाँडामा बसेकोे छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल भएको बताइएको छ।
यसअघि बसेको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको थियो। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको कार्यतालिका संशोधन गरेको हो। यसबीच अविरल वर्षाले देशका विभिन्न ठाउँमा आएको बाढी र पहिलोले धेरै धनजनको क्षति गरेको छ।
माओवादी केन्द्रले बाढी पहिरोमा परेकाहरुको उद्धार, राहतका लागि कार्यक्रम ल्याउन सरकारसँग माग गरेको थियो। यसबीच सरकारले विभिन्न राहत र क्षतिपूर्ति दिने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको हो।
यसैगरी प्रदेश नम्बर १ र बागमती प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहेको छ। माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली प्रदेशमा समेत मुख्यमन्त्री परिवर्तनको चर्चा भइरहेको बेला बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकलाई अर्थपूर्ण मानिएको छ।






प्रतिकृया