सिटिजन लाइफ पाँचौं वर्षमा प्रवेश
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ०१:५९
३ कार्तिक, २०७८ काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीका सञ्चालक अध्यक्ष प्रदीपजङ्ग पाण्डेले व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरुसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास दिलाए। उनले कम्पनीलाई आजको अवस्थामा ल्याई पुयाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति कृतज्ञतासमेत व्यक्त गरे।
कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनत्तम जीवन बीमा योजना थप प्रभावकारी रुपम अघि बढ्ने उनको भनाइ छ।
कम्पनीले २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको थियो। कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले जानकारी दिए। सोहीअनुसार यस वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेशनरीलगायतका शैक्षिक सामाग्री वितरण गरी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने उनले बताए।

प्रमुख कार्यकारी अधिकृत पौडेलले प्रचलित कानुन, नीतिनियम एवं नियमनकारी निकायबाट जारी निर्देशनको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शनअनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको बताए। उनले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने, बीमासम्बन्धी जनचेतना अभियानमार्फत व्यवसाय वृद्धि गर्ने, बीमाको पहुँच वृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालीन रुपमा बीमा व्यवसायमा ध्यान दिनेलगायतका कार्य गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए।
कम्पनीले ७३ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। देशभर कम्पनीमा १२६ वटा शाखा तथा उपशाखा कार्यालय रहेका छन्।कम्पनीले डिजिटल सिटिजन अभियानअन्तर्गत अनलाइन बीमालेख खरिद, बीमा शुल्क तथा बीमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी कम्पनीले नेपालमै पहिलोपटक बीमा अवधि समाप्तिमा बीमाङ्क रकमको डबल प्लस बोनस ५० लाखसम्मको २० घातक रोगको रक्षावरण गर्ने योजना ल्याएको छ। कम्पनीले सिटिजन बीमा जागरण अभियानमार्फत विद्यार्थीसँग बीमा कार्यक्रम, गुरु सम्मान कार्यक्रम, सिटिजन केयर अभियान, बीमित, अभिकर्ता तथा कर्मचारीको स्वास्थ्य सुविधाको लागि विभिन्न अस्पतालहरुसँग सहकार्य, सिटिजन स्वरोजगार अभियानलगायतका विभिन्न बीमा जागरणमार्फत उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले २०७८ असार मसान्तसम्ममा ५ अर्ब ६८ करोड रुपैयाँ कुल लगानी गरेको छ। यस अवधिसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ। जगेडा कोषमा ८५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड, असमाप्त जोखिमवापत व्यवसाय २ अर्ब १७ करोड रहेको कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीका ५ लाख ९० हजार बीमित र ३१ हजार अभिकर्ता रहेका छन्। कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा १८० प्रतिशतले व्यवसाय वृद्धि गरेको दावी गरेको छ।








प्रतिकृया