• २१ असोज २०८३, बुधबार
  • ५ः३२ बिहान

सिद्धार्थ बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ०१:४७

३ कार्तिक, २०७८ काठमाडौँ :  सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ।

National Life

यसका लागि ग्राहकहरुले बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सकिने बताइएको छ। ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बताइएको छ।


पहिला उक्त सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो। अब ग्राहकहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया