• १९ असोज २०८३, सोमबार
  • १ः४५ दिउँसो

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०७:४४

२९  असोज, २०७८ काठमाडौँ :  दशैं मनाउन बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप बिहीबार राति दुर्घटना भएको छ । लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका–१० पाँचरातेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

National Life

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर–३ की ४७ वर्षीय सुमित्रा सुनार छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया