• २० असोज २०८३, मंगलबार
  • ६ः२५ बेलुका

अहिलेको तयारीले सन् २०५० मा कार्बन उत्सर्जन ४० प्रतिशतले मात्रै घट्ने

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०२:५२

२७ असोज, २०७८ काठमाडौँ : विभिन्न खोज र अध्ययनले पृथ्वीको तापमान १.५ डिग्री सेन्टिग्रेड भन्दा बढी बढ्न नदिन विश्वको कार्बन उत्सर्जन सन् २०५० सम्म शून्यमा झार्नुपर्नेछ । यो लक्ष्यलाई नेट जिरो अर्थात् पूर्ण शून्य नाम दिइएको छ । यस अनुसार सन् २०३० सम्ममा आधामा झार्नुपर्नेछ ।

National Life

यद्यपि, विभिन्न देशहरूको अहिलेको प्रतिज्ञाका अनुसार सन् २०५० मा पृथ्वीको कार्बन उत्सर्जन ४० प्रतिशतले मात्रै घट्ने एक नयाँ अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको यो नयाँ अध्ययनले विश्वका प्रमुख शक्ति राज्यहरूलाई कार्बन उत्सर्जन घटाउन थप कडाइका साथ नीति योजनामा बनाउनेतर्फ ध्यान दिन केन्द्रित गरेको छ ।


३१ अक्टोबरदेखि १२ नाबेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९कोप२६० हुँदैछ । यसमा सहभागी हुने राष्ट्रहरूलाई एक सहयोगी पुस्तकका रूपमा ऊर्जा एजेन्सीले वार्षिक विश्व ऊर्जा दृष्टिकोण सार्वजनिक गर्दै कार्बन उत्सर्जन घटाउन थप प्रतिज्ञा गर्न आग्रह गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ऊर्जा एजेन्सीले विभिन्न मुलुकले विश्वको तापमान बढ्न नदिन कार्बन उत्सर्जन घटाउनका लागि गरेको प्रतिज्ञा अनुसार सन् २०५० सम्म विश्वको ४० प्रतिशत कार्बन उत्सर्जन मात्रै कम हुने अनुमान गरेको हो । जुन कि सन् २०५० को लक्ष्य भनेको कार्बन उत्सर्जन पूर्ण रूपमा शून्यमा झार्नु हो ।


एजेन्सीले नेट जिरोको लक्ष्य पूरा गर्नका लागि आउँदो दशकमा झन्डै ४ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी गर्नुपर्ने बताएको छ । कोभिड१९को महामारीबाट पार लाग्दै गरेको मुख्य अर्थतन्त्रहरू अझैँ स्वच्छ ऊर्जातर्फ ध्यान दिन नसकिरहेको एजेन्सीको भनाइ छ ।


कोइलाका प्रयोगसमेत बढ्न थालेका कारण कार्बन उत्सर्जन घटाउनै झनै सशक्त भएर लाग्नु पर्ने एजेन्सीको आङ्कलन छ । यसबाहेक एजेन्सीले विकासोन्मुख देशहरूलाई स्वच्छ ऊर्जामा विशेष ध्यान दिन र कडाइका साथ नीतिहरू लागु गर्न आग्रह गरेको छ ।

प्रतिकृया