• २० असोज २०८३, मंगलबार
  • ८ः०४ राती

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, मन्त्रालय बाँडफाँटमा समाजवादीको असन्तुष्टि

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०९:०९

२१ असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। तर कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँटलाई लिएर विवाद कायमै छ।

National Life

कांग्रेसमा रामचन्द्र पौडेल पक्ष र संस्थापन देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद छ। पौडेल पक्षले कांग्रेसको भागमा आएका बाँकी पाँचमध्ये तीन मन्त्रालय मागे पनि देउवाले दुईमात्रै दिने बताएका छन्। देउवा र पौडेलबीच आन्तरिक बाँडफाँट मिलाउनका लागि बुधबार बेलुका छलफल भएको थियो तर देउवाले दुई मन्त्रालयमात्रै दिने भनेपछि पौडेल पक्ष बैठक छोडेर हिँडेको थियो।


एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ। हालको गठबन्धनको सूत्रधार भएको नाताले आफूलाई अरु दलसरह व्यवहार गरिनुपर्नेमा राज्यमन्त्रीसहित चार मन्त्रालय दिने भनिएकोमा एकीकृत समाजवादी असन्तुष्ट छ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीभित्र आकांक्षी धेरै रहेको र भागमा परेको मन्त्रालयले व्यवस्थापन गर्न कठिन परेकाले बिहीबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटबारे दलहरुबीच फेरि छलफल हुनुपर्ने र आफूले थप मन्त्रालय पाउनुपर्ने माग गरेको छ।


माओवादी केन्द्रले भने आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारी पाउनेहरुको नाम टुंग्याएको छ। माओवादीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्। माओवादीबाटै बोधमाया यादव राज्यमन्त्री बन्दैछिन्।


यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंग्याएको छैन। तर त्यसको जिम्मेवारी पाएका नेता उपेन्द्र यादवले बिहीबार नै नाम दिने तयारी गरेको बुझिएको छ।

प्रतिकृया