• २० असोज २०८३, मंगलबार
  • ७ः५० बेलुका

थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ११:३६

२० असोज, २०७८ काठमाडौँ : नवलपुर र चितवनका थारू समुदायले आज ‘यमोसा’ पर्व मनाउँदै छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिक रूपमा यो पर्व मनाउँदै आएको छ। मौलिक यस पर्वलाई पितृ औँसी पनि भनिन्छ । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारूले सामूहिक रूपमा नै पर्व मनाउन लागेको थारू कल्याणकारिणीसभाका सभापति ललित चौधरीले बताए ।

National Life

आदिमकालदेखि यहाँ थारू समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । थारू समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये यो पर्व पनि एक हो। यस चाडमा थारू समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन्। यमोसा पर्व सोह्रश्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारू समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् ।


दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ। वर्षभरिमा यदि परिवारका सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताए। यो पर्व यहाँका थारूहरुले दुई दिनसम्म धुमधामसँग मनाउँछन्। यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ। त्यस दिन व्यक्तिगत वा सामूहिक रूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसी–बोका काट्ने चलन छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया